फाइनल प्रवेशका लागि आज कोलकाता र हैदरावाद भिड्दै

 काठमाडौँ -  १७ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलमा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ । 

पहिलो क्वालिफायर आज राति पौने ८  बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।  

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ ।