भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

काठमाडौँ । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

चाँगुनारायण नगरपालिका(४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको प्रहरीले जानकारी दिए ।