भ्रष्टाचारका फाइल निकालेर कसैलाई तर्साउने र कसैलाई बचाउने खेल चलेको डा. भट्टराईको आरोप

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसाय धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुंगोमा  पुर्याउन नसकेको उनको भनाइ छ ।

डा. भट्टराईले नेपालका राजनीतिक दलहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गएमात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने दाबी गरे ।