अन्तरदेशीय विद्युतीय भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने 

काठमाण्डौा - अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ । 

अन्तरदेशीय  भुक्तानी  कारोबारका  लागि  क्युआर प्रयोग गरी मोबाइलरइन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।