पाल्पामा  जंगलमा लागेको आगो निभाउन गएका दुईजना घाइते  

काठमाडौँ । सामुदायिक वनमा लागेको  डढेलो निभाउने क्रममा पाल्पामा दुईजना घाइते भएका छन् ।  वनमा  डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् ।

आगोबाट जली घाइते भएका बुढाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको रैनादेवी छहरा–१ सिद्धेश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर घाइते भएका छन् ।

पाल्पाको सिद्धेश्वरको साउने,मोहरे क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । डडेलो बस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष दर्लामीले बताए । सिद्धेश्वर क्षेत्रमा लागेको डढेलो आइतबार बिहानसम्म नियन्त्रणमा आउने सकेको छैन ।