झापामा नहरमा डुबेर बालिकाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–७ स्थितमा रहेको कन्काई सिँचाइ आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राजवीर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु छिन् । शनिबार दिउँसो नहरमा नुहाउन गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो ।इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।