शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - यो दिन माछापुच्छ्रे बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको संस्थापक सेयरको १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको २७ करोड ३ लाख,शिवम् सिमेन्टको १४ करोड २८ लाख,सोनापूर मिनरल्सको १२ करोड ७३ लाख र हिमालयन रिको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।

 आज सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य क्रमशः ९.९९ र ९.९१ प्रतिशतले बढ्यो । यो दिन उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.६१,नेपाल फाइनान्सको ४.४६ र पोखरा फाइनान्सको सेयरमूल्य ३.७८ प्रतिशतले बढेको छ । सर्वाधिक सेयरमूल्य गिरावट आउने कम्पनीको रुपमा आज बुद्धभुमि नेपाल हाईड्रो रहेको छ । 

यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको आज बोटलर्स नेपाल बालाजुको ९.४६,गोर्खाज फाइनान्सको ७.६१,गु्ँरास लघुवित्तको ५.४५ र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ । आज ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।