सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख २७ हजार ८ सय पुग्यो

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो। यस्तै आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ। 

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ।