गृहमन्त्रीको निर्देशनपछि २४ सै घण्टा खुला गरियो प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प 

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल २४ सै घण्टा खुला गरिएको छ।

नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हलचोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।

यसअघि नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरीको पेट्रोल पम्प बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार सशस्त्रको पेट्रोल पम्प १० बजेसम्म खुला हुने गरेको थियो।