सिडिओलाई मिडियाको नियमन गर्न दिएको निर्देशन गृहले सच्यायो  

काठमाडौँ । प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको नियमन गर्न दिएको निर्देशन गृहमन्त्रालयले सच्याएको छ । 

२१ बुँदे निर्देशन जारी गर्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा अधिकृत तहको कर्मचारीको नेतृत्वमा डेक्स नै राखेर न्युज अनलाइनदेखि समाजिक सञ्जाललाई समेत नियमन गर्न निर्देशन दिएको थियो।

निर्देशनको चौतर्फी आलोचना भएपछि मन्त्रालयले आफ्नो निर्देशन सच्याएको हो। बिहीबार  गृहमन्त्रालयले सूचना जारी गर्दै यसअघिको निर्देशन हटाएको जनाएको छ।

‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सचेत रहेको गृहको भनाइ छ।

 यस्तो छ गृह मन्त्रालयको विज्ञप्तिः