यू-१९ विश्वकप : साविक च्याम्पियन भारतको विजयी सुरुवात

 काठमाण्डौँ - दक्षिण अफ्रिकामा जारी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा साविक च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । 

समूह ‘ए’ अन्तर्गत भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । १ सय ५२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५।५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटियो । बंगलादेशका लागि मोहम्मद सिहावले जमेशले ५४ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अरिफुल इस्लामले ४१ रन बनाउँदा अन्य खेलाडीको भने गतिलो प्रदर्शन रहेन । भारतका लागि सौम्य पाण्ड्याले ४ विकेट लिंदा मुसिर खानले २ विकेट हात पारेका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ओपनर आदर्श सिंहको ७६ तथा कप्तान उदय सहारनको ६४ रनको अर्धशतकीय इनिङमा बंगलादेश विरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सफल भएको थियो। भारतका लागि प्रियन्सु मोलिया र अर्भेली अभिनासले २३ २३ रन बनाउँदा सचिन दासको नाममा २६ रन रह्यो। बंगलादेशका मरुफ मृधाले ५ विकेट लिएका थिए। आजै भएका अन्य खेलमा इंग्ल्यान्डले स्कटल्यान्ड तथा पाकिस्तानले अफगानिस्तानलाई हराउँन सफल भएका थिए।