लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

 काठमाण्डौँ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  
कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ७औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी माघ २९ गते सोमबार बिहान ११ बजे काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्यांक्वेटमा आयोजना हुनेछ ।  

उक्त सभामा गत आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयर र ०।८४ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १६।८४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कम्पनीको चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा कम्पनीले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गरिनेछ ।  यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांस वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।