सुन प्रतितोला एक सयले घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।