मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने प्रभु साहको चेतावनी

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् ।

विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।

मधेसवादी दलका नेताहरु लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हडतालको विकल्प नभएको बताए ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा विद्यार्थीको अनुपातमा हुनुपर्ने शिक्षकको व्यवस्था मन्त्रालयले नगरेको औल्याए ।