टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ ।

टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको हो ।

आगामी क्याबिनेट बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउने बारे प्रस्ताव पेस गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएर नै मन्त्री गुरुङले उक्त प्रस्ताव क्याबिनेटमा लान लागेको बताइएको छ ।सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो ।