विमानस्थलबाट बरामद सुनसहितको ब्रेक शु जोख्दा १५५ केजी !

 काठमाडौँ -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुनसहितको ब्रेक शु जोख्दा १५५ केजी निस्किएको छ ।

बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखामा तौल लिइएको हो ।

तौल लिएपछि उक्त सुनलाई ढुकुटीमा राखिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो ।