कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता

काठमाडौँ । कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

शनिबार माइतीघरबाट फर्किएकीमोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बमलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पण्डौनको अनुसार सुपली खोला तर्ने क्रममा उनलाई  ठूलीगाडबाट बेपत्ता पारेको छ।

बेपत्ता बमको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।