स्रोतमै फोहोर वर्गीकरण गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहोर वर्गिकरण गर्न आग्रह गरेको छ ।

सबै प्रकारका फोहोर एकै ठाउँमा लैजाँदा उक्त स्थानको आयु घट्ने भएकाले वर्गिकरण गरेर कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने मात्रै लैजान लागेको महानगरले बताएको छ । 

काठमाडौँ महानगरपालिकाको ३२ वडा मध्ये केही वडामा फोहोर वर्गिकरण थलानी भइसकेको बताउँदै  वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले अन्य वडामा पनि थालनी गर्न आग्रह गरे ।

विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।