नयाँ सत्तासमीकरण मुलुकको समग्र विकास र  जनताको निराशा चिर्न हो : नेता ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण मुलुकको समग्र विकासका निम्ति गरिएको बताएका छन् ।

शनिबार भक्तपुरमा सञ्चार संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले कांग्रेस एमाले बीचको नयाँ सत्ता समिकरण सरकार फर्नको लागि मात्र नभएको बताउँदै उनले जनतामा भएको विद्यमान निराशा चिर्नको लागि सत्ता समिकरण आवश्यक रहेको बताए ।

वर्तमान सरकारको बैधानिकता अनुसार नै सरकार निमार्ण भएको र कुनै व्यक्तिविषेशलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक  भएको उनको टिप्पणी छ ।