आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा नयाँ समिकरण बनेको खुलासा

काठमाडौँ । आगामी निर्वाचनमा माओवादी केन्द्रको साथ नलिने सर्तमा एमाले कांग्रेस बीच नयाँ समिकरण बनेको खुलेको छ ।

शुक्रबार कतारको दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यस्तो बताएका हुन् ।

उनले आगामी २०८४ मा हुने निर्वाचनमा माओवादीलाई नबोक्ने सर्तमा दुई ठूला दलबीच सहमति भएको खुलासा गरेका हुन् । 

माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ कै बेइमानीको कारण बामपन्थी सरकार ढलेको दाबी गर्दै पोखरेलले अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको बताए ।

कार्यक्रममा बोल्दै उनले कतारबाट भित्रिएको रेमिट्यान्स व्यवस्थापनमा समस्या भएको बताउँदै उक्त रकम उत्पादनमा लगाउनुपर्ने धारणा व्यक्त गरे ।