नेपाल न्याय सेवाका सचिव तोयानाथ दिए राजिनामा

काठमाडौँ । नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

उनले पदबाट अवकास पाउनुभन्दा ५ महिना अगावै पदबाट राजिनामा दिएका हुन् । हाल नेपाल कानून आयोगमा कार्यरत अधिकारीको आगामी २८ मंसिरमा उमेर हदका कारण अवकास हुने भएपनि उनले दिएको राजिनामा स्वीकृत भइसकेको छ ।

साउन ६ गते (भोलि) देखि लागू हुने गरी उनको राजीनामा मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको  आयोगकी सूचना अधिकारी गंगा न्यौपानेले जानकारी दिइन् ।

लामो समय सत्य  निरुपण मेलमिलाप आयोगमा सचिवको रुपमा काम  गरेका अधिकारीको बढुवा तीन वर्षसम्म पनि नभएपछि उनले पदबाट राजिनामा दिएको स्रोतको भनाइ छ ।