घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित

काठमाडौँ - घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन आइपिओको आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार घोराही सिमेन्टको क्रेडिट रेटिङ र आइपिओ आवेदनमा शङ्का लागेपछि स्थगित गरेको हो । धितोपत्र बोर्डले कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेका हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई पत्र पठाउँदै आइपिओ निष्कासन प्रक्रिया रोक्न भनेको छ ।