उपेन्द्र यादवद्वारा दायर रिट हेर्न नभ्याउने हुँदै स्थगित 

काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको मुद्दा अन्तिममा पेशी थियो । ढुंगानाको एकल इजलासले ८ मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेशी थियो ।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित सात जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए । अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी मङ्गलवारका लागि सरेको छ भने प्रधानमन्त्रीले विश्वासको मत पाइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका सात जनाले पनि मत दिएका छन् ।