चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते

काठमाडौँ । काठमाडौँको चोभारमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना भएको छ।

दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अुनसार चोभारको आदिनाथ सामुदायिक वनमा शनिबार दिउँसो १ बजे आगो लागेको थियो।

आगो निभाउन दमकल काठमाडौँ महानगरपालिकाबाट गएको थियो। दमकलमा ७ जना सवार रहेकोमा ६ जना घाइते भएका हुन्।

घाइतेको अवस्था सामान्य रहेको र बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दमकल अन्दाजी १००/१५० मिटर तल खसको छ।

आगो अहिले नियन्त्रणमा आइसकेको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।