एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि बस्दै 

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजदेखि सुरु हुने भएको छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् । 

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।