सहकारी संस्थामा लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ । पूर्वका विभिन्न स्थानमा सहकारी संस्थाहरूमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेको समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ। पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा र सुनसरी प्रहरीले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ गरेका आरोपितको नाम प्रहरीले गोप्य राखेको छ।