शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ? 

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  
त्यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख,गोर्खाज फाइनान्सको ११ करोड ९१ लाख र हिमालयन रि इन्स्योरेन्स ७ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।  

 ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स,बुद्धभुमि नेपाल हाईड्रो,सर्वोत्तम सिमेन्ट र गुरास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

आज धौलागिरी लघुवित्तको सेयरमूल्य ९.२८,गणपति लघुवित्तको ८.१४,एनएमबी माइक्रोफाइनान्सको ७.६१ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ७.४४ प्रतिशतले बढेको छ ।  बोटलर्स नेपाल बालाजुको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेका छ ।