विश्वकप लिग-२ क्रिकेटमा आज नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौँ - क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा सोमबार नामिबिया र स्कटल्याण्ड भिड्ने भएका छन् ।

नामिबिया जारी श्रृंखलामा पहिलो जितको खोजीमा रहेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को उपाधि जितिसकेको स्कटल्याण्ड भने सोमबारको खेलमा नामिबियालाई पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता फराकिलो पार्न चाहन्छ ।

किर्तीपुरमा जारी श्रृंखलामा नामिबियाले नेपालसँग दुई तथा स्कटल्याण्डसँगको एक खेलमा पराजित भइसकेको छ। सोमबारको खेल उसका लागि श्रृंखलामा सान्तोना जित हात पार्ने अन्तिम अवसर हुने भएको छ ।