काठमाडौँ - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।
भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । भारत जारी प्रतियोगिताको एक मात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।