त्रिकोणात्मक सिरिज : नेपालले आज हङकङसँग खेल्ने

काठमाडौँ - त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्ने भएको छ । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।