एमालेको जिल्ला तथा पालिका तहका अधिवेशन माघ मसान्तभित्र सकिने 

 काठमाडौँ - नेकपा एमालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशनहरू आगामी माघ मसान्तभित्र सम्पन्न गर्ने गरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गर्ने भएको छ ।

एमाले केन्द्रीय संगठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीहरूका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो ।

बैठकले फागुन र चैत महिनामा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।