माइतिघरमा संविधान दिवसकै दिन ‘दलितलाई खै’ भन्दै वृहत प्रदर्शन

काठमाडौँ । देशैभर सरकारले रमझमका साथ संविधान दिवस मनाइरहँदा दलित समुदाय भने आन्दोलनम उत्रिएका छन् ।

विगत ४४ दिनदेखि ‘दलितलाई खै’ ४४ दिनदेखि ‘दलितलाई खै’ लेखिएको प्लेकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका अभियन्ता खगेन्द्र सुनारको आह्वानमा युवाहरू प्रदर्शनमा उत्रिएका हुन्।

सुनारले ‘असोज ३ दलितका लागि एक दिन’ अभियान घोषणा गरेका थिए। आजको प्रदर्शनमा सुनारबाहेक अन्य युवाहरुसमेत नेल लगाएर प्रदर्शनमा सहभागी भएका छन्।

आन्दोलन र सम्भावित झडपलाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा ठूलो संख्यमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।