images

काठमाडौँको टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना भएको छ ।

संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्ति सहभागी रहेका छन् । समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले परेडसहित विभिन्न समुदायले झाँक्री प्रस्तुत गरेका छन् ।

आजै बेलुकी राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सङ्घ प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाण्डौको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुति हुनेछ ।

 

बिहीबार ३ असो २०८१ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया