'भोलिदेखि संसद्को अवरोध हट्ने विश्वास छ' : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौँ - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतवारदेखि संसद्को अवरोध हट्नेमा आफू आशावादी रहेको बताएका छन् । 

स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको र आज पनि अवरोध अन्त्यका लागि छलफल गर्ने बताए । उनले  आज बेलुका प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद्को गतिरोध खुलाउन प्रयास गर्ने बताए ।