सुनको मूल्य घट्यो, हेर्नुस् कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।

आइतबार प्रतितोला तीन हजार रूपैयाँ बढेर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी आज पनि १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।