एसीसी इमर्जिङ टिम्स  क्रिकेट : यूएईले नेपाललाई दियो १५८ रनको लक्ष्य

 काठमाडौँ - एसीसी इमर्जिङ टिम्स एसिया कपमा संयुक्त अरब ईमिरेट्स यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको यूएई ४४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो ।

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका उनी कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याचआउट भए। 
अर्का ओपनर आर्यांश शर्माले १४ रन बनाए। उनलाई कुशल मल्लले पवन सर्राफबाट क्याचआउट गराए। 

यस्तै, अंश टण्डनले ३, इथान डिसुजा १८, फहद नवाजले ४, अलि नासीरले १, महोम्मद फराजुद्दिन ४ रन बनाएर आउट भए। निलांश केसवानी ९, जस ग्यानानी १३आउट हुँदा मुहम्मद जवादुल्लाह १ रनमा नटआउट रहे।  नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए। यस्तै, मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिए।