युरोकपमा पोर्चुगल र टर्की विजयी, आज तीन खेल हुँदै

 काठमाडौँ - युरोकप फुटबलमा गएराती भएका खेलमा पोर्चुगल र टर्की विजयी भएका छन् । समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो भने यहि समूहको अर्को खेलमा टर्कीले जर्जियालाई ३–१ गोलले पराजित गयो ।

जर्मनीमा जारी प्रतियोगितामा आज दोस्रो चरणको पहिलो खेलमा क्रोएसिया र अल्बानिया खेल्दैछन् ।
खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे हुनेछ । यसअघि भएको पहिलो चरणको खेलमा क्रोएसिया स्पेनसँग र अल्बानिया इटालीसँग हारेका छन् ।

यस्तै राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ बजे स्कटल्याण्ड र स्वीट्जरल्याण्ड खेल्दैछन् । यसअघि जर्मनीले स्कटल्याण्डलाई हराएको थियो भने हङ्गेरी स्वीट्जरल्याण्डसँग पराजित भएको थियो ।