टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ -  जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुँदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन्। एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह डी का चारै खेलमा जित हासिल गरेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।
दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।