सागर ढकालले नतिरेको भाडा  उनका भाइले तिरिदिए, अब कति बाँकी ? 

डडेलधुरा - भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेलधुरामा रहेकी घरबेटीलाई भाडा रकम तिरिदिएका छन् ।

भाडा नतिरेको भन्ने समाचार सार्वजनिक भएपछि र घरभेटी प्रहरीमा उजुरी दिन जान लागेपछि उनका भाइले १५ हजार रुपैयाँ खातामा पठाएको घरबेटी सीतादेवी भाटले बताइन् । अझै तीन महिनाको भाडा पाउन बाँकी रहेको घरभेटीले बताइन् ।

प्रतिनिधि सभा निर्वाचनका बेला डडेलधुरामा कोठाभाडा लिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले आठ महिनायता कोठा भाडा तिरेका थिएनन् ।