बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने

काठमाण्डौँ – सरकारले आउँदो आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने बताएको छ ।

सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने बताएका छन् । उनले कृषि बाली, पशुपक्षी तथा मत्स्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लगिने पनि बताए ।