आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७९ पैसा र बिक्री दर १६४ रूपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३२ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।