कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या

काठमाडौँ । कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या भएको छ । मायादेवी गाउँपालिका– २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरि फालिएको अवस्थामा शव फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

अभिरावको एक मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरि हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको अपहरण पछि हत्या भएको जनाइएको छ ।

शंका लागेर नियन्त्रणमा लिइएका तीन जना युवकको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए ।  घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।