इङवा हाइड्रोपावरले वैशाख १३ गते आइपीओ जारी गर्ने

काठमाडौँ - इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५५ अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । 

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।