सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?


काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

 चाँदी प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।