इलाममा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौँ । इलाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५, का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युत्‌को पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका-८, स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

कुँवरको शव डढेको अवस्थामा बिजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जवेगूले जानकारी दिए ।