निसीखोला बस दुर्घटनामा पत्रकार परियारको निधन

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा पत्रकारविक्रम परियारको निधन भएको छ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार दुर्घटना हुँदा परियारसहित ९ जनाको मृत्यु भएको हो। 

परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ जाँदै थिए।

उनी पछिल्लो समय रुकुमबाट सक्रिय रुपमा पत्रकारिता गर्ने एक कुशल पत्रकार हुन्। उनी रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए।