आईपीओ निष्कासन गर्दै सिभिल हाईड्रोपावर  

काठमाडौँ । सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गते १४ औं वार्षिक साधारण सभा  बोलाएको हो ।

सभामा आयोजना प्रभावित क्षेत्र तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव, कम्पनीको पूँजी वृद्धिको प्रस्ताव लगायत गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।