बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि ५ रुपैयाँले बढेर तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।