आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप आजबाट शुरू, नेपालको पहिलो खेल आइतबार हुने 

 काठमाण्डौँ - आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप आजबाट शुरू हुँदै छ ।

प्रतियोगितामा १६ टीम सम्मिलित छन् जसलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’मा रहेको छ । नेपालको समूहमा अफगानिस्तान, न्यूजिल्यान्ड र पाकिस्तान छन् ।

प्रतियोगिताको साविक विजेता भारत समूह ‘ए’मा छ । यो समूहमा बाङ्लादेश, आयरल्यान्ड र संयुक्त राज्य अमेरिका छन् । यस्तै आयोजक राष्ट्र दक्षिण अफ्रिका समूह ‘बी’मा छ। यो समूहमा इङ्ल्यान्ड, स्कटल्यान्ड र वेस्ट इन्डिज पनि छन् । समूह ‘सी’मा अस्ट्रेलिया, नामिबिया, श्रीलंका र जिम्बावे छन् ।

आजको उद्घाटन खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा अमेरिका र आयरल्यान्ड भिड्ने छन् । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो १स्४५ बाट शुरू हुनेछन् । 

नेपालले भने आफ्नो पहिलो खेल न्यूजिल्यान्ड विरुद्ध आउँदो आइतबार खेल्नेछ । नेपालले दोस्रो खेल माघ १० गते बुधबार पाकिस्तान विरुद्ध खेल्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ गते शुक्रबार अफगानिस्तान विरुद्ध खेल्नेछ ।