सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आज सकिँदै

काठमाडौँ - सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ । सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । 

सोमबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ। योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ । 

यसअघि आइतबार बसेको बैठकमा दुई जनाको संसदीय सुनुवाइ भएको थियो। बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।